नेभिगेशन
समाज

अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ ।

Marvel
Extreme Energy

मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ ।

मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ ।

यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज डलरको भाउ कति पुग्यो?

आज डलरको भाउ कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।
बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

सुर्खेतको बराहताल गाउँपालिकाका दुई सामुदायिक वनमा लुकाइछिपाइ राखिएका १४ थान अवैध भरुवा बन्दुक फेला परेका छन् ।
आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ ।