नेभिगेशन
समाज

बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

कर्णाली । सुर्खेतको बराहताल गाउँपालिकाका दुई सामुदायिक वनमा लुकाइछिपाइ राखिएका १४ थान अवैध भरुवा बन्दुक फेला परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिकाको वडा नं. ५ स्थित साजघारी सामुदायिक वनमा प्रहरीले छ थान भरुवा बन्दुक फेला पारेको हो । झाडीभित्र बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

Marvel
Extreme Energy

खोजतलासका क्रममा चार थान साबुत बन्दुक र दुईवटा बेसाबुत नाल फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

त्यसैगरी, बराहताल गाउँपालिका–७ को स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा आठ थान अवैध भरुवा बन्दुक फेला परेका छन् । प्रहरी निरीक्षक शाही नेतृत्वकै टोलीले खोजतलास गर्दा पाँच थान साबुत बन्दुक र तीन थान बेसाबुत बन्दुक फेला पारेको बोहोराले बताए ।

फेला परेका सबै बन्दुक बरामद गरी इलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सुरक्षाका लागि सञ्चालन गर्दै आएको सैनिक कल्याणकारी कोषबाट हालसम्म १० लाख हिताधिकारी लाभान्वित...
आज डलरको भाउ कति पुग्यो?

आज डलरको भाउ कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।
आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ ।