नेभिगेशन
समाज

आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुकुरलाई यमराजको द्वारपालका रूपमा सम्मान गर्दै आज घरघरमा पूजा आराधना गरी मीठामीठा खानेकुरा खुवाएर कुकुर तिहार मनाउने गरिन्छ । यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन कुकुर तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Marvel
Extreme Energy

समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने धार्मिक मान्यता छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । यही मान्यताका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।

धार्मिक मान्यताअनुसार वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको थियो । कुकुरलाई आज्ञापालक र सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नरक चतुर्दशी र नरके बगाउने विधि

आजै नरक चतुर्दशी पनि मनाइँदैछ । यस दिन बिहान अरुणोदयकालमा नदी, तलाउ तथा विभिन्न तीर्थस्थलमा स्नान र तर्पण गरी यमदीप दक्षिण दिशातर्फ फर्काएर बाल्ने र बगाउने धार्मिक परम्परा छ ।

यसरी यमदीप बगाएमा मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन् । बत्ती बालेर बगाउने यस विधिलाई ‘नरके बगाउने’ भनिन्छ ।

यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गर्दा शरीर स्वस्थ रहने आयुर्वेदिक मान्यता छ । त्यसैले तिहारलाई धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज डलरको भाउ कति पुग्यो?

आज डलरको भाउ कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।
बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

सुर्खेतको बराहताल गाउँपालिकाका दुई सामुदायिक वनमा लुकाइछिपाइ राखिएका १४ थान अवैध भरुवा बन्दुक फेला परेका छन् ।
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।