नेभिगेशन
समाज

सत्ता टिकाउन प्रधानमन्त्रीले सीमा विवाद समाधानमा बेलायतको संलग्नताको प्रसंग उठाएः रामबहादुर थापा

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउनको बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको स्वागतको राजनीतिक अर्थ ठूलो रहेको बताए । अहिलेको विद्यमान नेतृत्वसित भारत सन्तुष्ट नरहेको र अरू कसैलाई नेतृत्व स्थापना गर्न मद्दत गर्न चाहेको जस्तो देखिएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते भएको घटना कुनै क्रान्ति नभइ प्रतिगमन भएको धारणा व्यक्त गरेका थिए। अहिलेको सरकार स्थापीत भएदेखि नै स्वैच्छाचारिता र अधिनायकवाद लागू गर्न खोजेको उनको भनाइ छ ।

त्यस्तै उपाध्यक्ष थापाले जनतामा भ्रम छेरेर रास्वपाले विजय प्राप्त गरेको भन्दै उक्त भ्रम धेरै दिन नटिक्ने उल्लेख गरे। उनले पार्टीभित्रका कमीकमजोरीहरुलाई सच्चाएर आगामी दिनमा बिजय हासिल गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।