नेभिगेशन
समाज
फिफा विश्वकप २०२६

पाँच पटकको च्याम्पियन ब्राजिलसँग मोरक्कोको बराबरी

काठमाडौँ। पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको छ ।

आइतबार बिहान न्यु जर्सीको मेटलाइफ मैदानमा अग्रता भने मोरक्कोले बनायो । ब्राजिल अंक जोगाउन सफल भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्राजिल सन् १९३४ देखि लगातार आफ्नो पहिलो खेलमा पराजित भएको छैन । यसपटक समेत ब्राजिलले यो कीर्तिमानलाई निरन्तरता दियो । 

Ncell
Extreme Energy

समूह ‘सी’ को पहिलो खेलको पहिलो हाफमै दुई गोल भएका थिए । सन् २०२२ मा सेमिफाइनल खेलेको मोरक्कोले अग्रता बनायो ।

इस्माइल साइबारीले खेलको २१औं मिनेटमा गोल गरे । उनलाई ब्राहिम डिआजले पास मिलाएका थिए । 

तर, यो अग्रता धेरै बेर टिकेन । रियाल मड्रिडका स्टार भिनिसियस जुनियरले ३२औं मिनेटमा बराबरी गोल गरे । ब्रुनो गुइमारेजले मिलाएको पासमा उनले सानदार फिनिसिङ गरेका थिए । 

यो खेलमा प्रशिक्षक कार्लाे एन्सोलोटीले चर्चित स्ट्राइकर नेयमारलाई विश्राम दिएका थिए । नेयमार रिकवरी हुने अवस्थामा छन् । उनी दोस्रो खेलमा उपलब्ध हुने विश्वास गरिएको छ । 

अब, ब्राजिल आफ्नो दोस्रो खेल शुक्रबार हाइटीसँग खेल्दा मोरक्को सोही दिन स्कटल्यान्डसँग खेल्नेछ । 

समूह ‘सी’ कै अर्काे खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्यान्डको जितमा निर्णायक गोल जोन म्याकगिनले गरेका थिए । 

यो खेलपछि स्कटल्यान्डसँग तीन अंक रहँदा मोरक्को र ब्राजिलले समान एक अंक जोडेका छन् । हाइटी भने अंकविहिन छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।