नेभिगेशन
समाज

रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

रूपन्देही । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । हिजो राति भएको मतदानको आज बिहान गणना सकिएको थियो ।

सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको र कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबीच पुनः मतदानको तयारी गरिए पनि अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएको निर्वाचनमा समिति सदस्य गुनाराम घिमिरेले जनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घिमिरे  यसअघिको समितिको उपसभापति थिए ।

Ncell
Extreme Energy

सभापति पदका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र त्यसपछि अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए । त्यसैगरी रुपन्देहीका गणेश पौडे्‌लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१, रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए । हिजो राती सम्पन्न मतदानमा पाँच सय ५२ मत खसेको थियो ।

नवनिर्वाचित शालिकराम सभापति रवि पक्षका हुन् भने प्रतिस्पर्धामा रहेका गोपाल बालेन पक्षका हुन् । दुवै पक्षका ३–३ जना मैदानमा पुगेका थिए । पहिलो चरणको निर्वाचनमा बालेन पक्षका उम्मेदारको धेरै कम मत आएको छ । बालेन पक्षबाट गोपाल, मन्जु र मधु रहेका थिए । मधुको सबैभन्दा कम १९ मत आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।