नेभिगेशन
समाज

विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न

काठमाडौँ । आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ ।

यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

Ncell
Extreme Energy

सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणापत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित थियो ।

सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातीसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

केही दिनदेखि मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफ) केही टाढा सरेकाले वर्षा कम भए पनि आज बेलुकादेखि नेपालमा फेरि वर्षा बढ्ने मौसमविद्ले बताएका छन्।
आज कुनकुन सडक छन् अवरूद्ध ?

आज कुनकुन सडक छन् अवरूद्ध ?

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।