नेभिगेशन
समाज

राप्रपा राजा र धर्म साट्ने पार्टी भएको दुर्गा प्रसाईँको आरोप

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेन्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सीमित भएको उनको भनाइ छ । सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उनले आफू सत्य बोल्न नडराउने र देश तथा जनताको लागि जस्तोसुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पारेका थिए।

Ncell
Extreme Energy

वर्तमान व्यवस्थाले गरिबमाथि प्रहार गरेको,सहकारी पीडितलाई न्याय नदिएको र किसानले दुधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने दावी समेत गरेका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै नेता धवल शमशेरले मुलुकमा मजबुत राष्ट्रवादी शक्तिको खाँचो रहेको र त्यसलाई राप्रपाले पूरा गर्न नसकेका कारण नयाँ शक्ति निर्माण गर्नुपरेको बताए। उनले राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नगरी देशले निकास नपाउने भन्दै सबै राजावादी, राष्ट्रवादी र हिन्दुवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान समेत गरे।

उनले निकट भविष्यमै पार्टीको नाम, झण्डा र चुनाव चिन्ह टुंगो लगाएर सातवटै प्रदेश, ७७ वटै जिल्ला र सबै स्थानीय तहमा संगठन विस्तार गरिने जानकारी दिए। आफूहरूको मिलन कुनै लोभ र लालचका लागि नभई देशलाई निकास दिनका लागि भएको शमशेरको दावी छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।