नेभिगेशन
समाज

यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न(तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको हाँडीगाउँस्थित नवनिर्मित यामाबुद्ध स्केट पार्कमा आइतबार ९औँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न भएको छ। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ (NSSA) को आयोजनामा भएको प्रतियोगितामा देशभरका सयौँ स्केटबोर्ड खेलाडीहरूको सहभागिता रहेको थियो। नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहित निर्माण गरिएको यामाबुद्ध स्केट पार्कमा आयोजना गरिएको यस प्रतियोगिताले नेपाली स्केटबोर्डिङ खेलको विकासमा नयाँ अध्याय थपेको आयोजकको भनाइ छ। प्रतियोगितामा सिनियर पुरुष, जुनियर पुरुष तथा महिला (ओपन) विधाका खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताका क्रममा ‘बेस्ट रन’ र ‘बेस्ट ट्रिक’ विधामा प्रतिस्पर्धा गरिएको थियो। स्केटबोर्ड खेलप्रति युवापुस्ताको बढ्दो आकर्षण प्रतियोगितास्थलमा स्पष्ट देखिन्थ्यो। खेलाडीहरूले विभिन्न कठिन ट्रिक्स तथा आकर्षक प्रस्तुति मार्फत दर्शकहरूको ध्यान खिचेका थिए। पार्कका रेल, लेज, क्वार्टर पाइप तथा अन्य अवरोधहरूमा प्रस्तुत गरिएका उत्कृष्ट ट्रिक्सले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो। आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपालमा स्केटबोर्डिङ संस्कृतिको विस्तार र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Skateboard-championship_NPL-(9)-1781440600.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Skateboard-championship_NPL-(10)-1781440600.jpeg

Marvel
Extreme Energy

Skateboard-championship_NPL-(5)-1781440599.jpeg

Skateboard-championship_NPL-(6)-1781440599.jpeg

Skateboard-championship_NPL-(2)-1781440598.jpeg

Skateboard-championship_NPL-(1)-1781440598.jpeg

Skateboard-championship_NPL-(8)-1781440599.jpeg

Skateboard-championship_NPL-(4)-1781440598.jpeg

Skateboard-championship_NPL-(3)-1781440598.jpeg

Skateboard-championship_NPL-(7)-1781440599.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।