नेभिगेशन
समाज

आज सातै प्रदेशले बजेट ल्याउँदै

काठमाडौँ । आज सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट ल्याउँदैछन् ।

अघिल्ला वर्षहरुमा बनाइएका महत्वाकांक्षी बजेट कार्यान्वयन हुन नसकेपछि यसपटक प्रदेश सरकारहरुले कार्यान्वयन हुनसक्ने बजेट मात्रै ल्याउने तयारी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ आर्थिक वर्षका लागि आयव्यय प्रस्तुत गर्ने तालिका छ ।

Ncell
Extreme Energy

प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउने ल्याउने व्यवस्था छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि बजेट ल्याउने गरिन्छ ।
मधेश प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत हुँदैछ । कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भएको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजेलाई कार्यसूची बनाएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।