नेभिगेशन
समाज

यस्ता छन् अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताका १४ बुँदा

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा सहमति भएको छ। प्रारम्भिक सम्झौतापत्र १४ बुँदाको रहेको इरानी समाचार संस्था मेहर न्युजले जनाएको छ । 

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार मस्यौदामा लेबनानसहित सबै मोर्चामा युद्ध तत्काल र स्थायी रूपमा अन्त्य गर्ने व्यवस्था छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई देशबीच आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले पनि ट्रुथ सोसलमा लेखेका छन्।

Marvel
Extreme Energy

साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानको सार्वभौमिकताको सम्मान गर्ने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ।

प्रस्तावअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाइनेछ भने इरान वरपर तैनाथ अमेरिकी सैन्य बलहरू पनि फिर्ता गरिनेछ।

हर्मुज ३० दिनभित्र पुनः सञ्चालनमा ल्याइने तथा यसको व्यवस्थापन इरानले गर्ने व्यवस्था पनि समेटिएको बताइएको छ।

तेल तथा पेट्रोकेमिकल निर्यातमाथि लगाइएका प्रतिबन्ध निलम्बन गर्ने र इरानलाई आफ्ना रोक्का वित्तीय स्रोतमा पूर्ण पहुँच दिने प्रावधान पनि मस्यौदामा उल्लेख छ।

त्यसैगरी अमेरिका र उसका सहयोगीहरूले कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण योजना प्रस्तुत गर्ने प्रस्ताव राखिएको छ।

आणविक मुद्दामा ६० दिनको विशेष वार्ता अवधि तोकिएको छ।

जसमा इरानको उच्च संवर्धित युरेनियम भण्डार, प्रतिबन्ध हटाउने विषय र अन्तिम सम्झौताको रूपरेखा तय गरिनेछ।

मस्यौदाअनुसार इरानले आणविक अप्रसार सन्धि (एनपीटी) अन्तर्गत आणविक हतियार नबनाउने प्रतिबद्धता पुनः पुष्टि गर्नेछ। साथै वार्ताअवधिमा अमेरिकाले थप सैन्य तैनाथी नगर्ने र नयाँ प्रतिबन्ध नलगाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यस अवधिमा इरानका रोक्का २४ अर्ब डलरमध्ये आधा रकम वार्ता सुरु हुनुअघि र बाँकी ६० दिनभित्र उपलब्ध गराइने उल्लेख छ।

सम्झौता कार्यान्वयन अनुगमनका लागि विशेष संयन्त्र बनाइने र अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट अनुमोदन गरिने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ।

यद्यपि यो मस्यौदा अझै प्रारम्भिक चरणमा रहेको र सम्बन्धित पक्षहरूको औपचारिक स्वीकृति बाँकी रहेको दुवै पक्ष निकट स्रोतहरूले बताएको भनेर एपीले लेखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।