नेभिगेशन
जनप्रतिनिधिका कुरा

टेम्पो खसाल्नेबाटै भरपाई गराउन सांसद आशिका तामाङको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसाल्नेबाटै भरपाई गराउन माग गरेकी छिन् । 

कैलालीमा भएको यो घटनामा प्रतिक्रिया दिँदै सांसद तामाङले टेम्पो खसाल्नेबाटै भरपाई गराउनुपर्ने बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा टेम्पो खसाल्दै गरेको तस्बिर राख्दै उनले भनेकी छिन्, 'यो टेम्पो जसले खसाल्न लगाएको हो उसैबाट नयाँ टेम्पोको भरपाई गराइनु पर्छ ।' 

Ncell
Extreme Energy

चुरे क्षेत्रको वन अतिक्रमण हटाउने नाममा वन कार्यालयको टोलीले गत शुक्रबार धनादेवी धामीको टेम्पो भिरबाट खसालिदिएको थियो । टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि मानवीयतासँग जोडेर सरकारको चर्को आलोचना भइरहेको छ । वनका कर्मचारीले भने भिरालो जमिन भएकाले टेम्पो हटाउँदा अनियन्त्रित भएर खसेको भन्दै बचाउ गरेपछि झन् विवाद चर्किएको छ ।  

कैलाली प्रहरीले टेम्पो भिरबाट खसालिदिएको घटनामा अनुसन्धान अगाडि बढाउँदै डिभिजन वन कार्यालय धनगढी र सव डिभिजन कार्यालय अत्तरियाबाट १२ कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाकाअनुसार वनरक्षकदेखि अधिकृत तहसम्मका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै