नेभिगेशन
समाज

जब बुबाको देशविरुद्ध गोल भयो...

काठमाडौँ । मेक्सिकोको मोन्टेरे मैदानमा स्विडेनले पहिलो खेल ट्युनिसियाविरुद्ध खेलिरहेको थियो । नकआउट चरणमा स्थान बनाउन समूह ‘एफ’ को पहिलो खेल दुवैलाई उत्तिकै महत्वपूर्ण थियो । 

खेल सुरु भएको सातौं मिनेटमै मिडफिल्डर यासिन अयारीले गोल गरे । तर, गोलपछि भने २० वर्षीय खेलाडीले खुसीयाली नै मनाएनन् । हरेक खेलाडीको लागि फिफा विश्वकप खेल्ने सपना हुन्छ । झन विश्वकपमा गोल गर्नु त ठूलो उपलब्धि भयो । जो हरेकले यस्ता अवसर र उपलब्धि पाउन सक्दैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अयारी पहिलो पटक विश्वकप खेल्न स्विडेनको २६ सूचीमा परेका थिए । विश्वकपको डेब्युमै गोल गर्दा उनले सेलेब्रेसन नै गरेनन् । स्विडेनको ५–१ को जितमा अयारीले अन्तिम गोल पनि गरे । समग्रमा उनले विश्वकपको डेब्यु खेलमै दुई गोल गर्दै आफ्नो उपस्थिति र प्रभाव देखाए । 

Ncell
Extreme Energy

सेलेब्रेसन नगर्नुको कारण थियो बुबा अजोउज ट्युनिसियाका हुन् । अनि आमा अमिना भने मोरक्कोकी । बुबा अजोउज र आमा अमिना स्विडेन आए । आमा स्विडिसको व्यावसायिक फुटबल क्लब एइकेमा काम सुरु गरिन् । त्यहीँ अयारीको जन्म भएको थियो । अयारीका भाइ ताहा पनि स्विडेनमै जन्मिए र व्यावसायिक फुटबल खेलिरहेका छन् । 

बुबा ट्युनिसिया र आमा मोरक्कोकै भए पनि अयारीले एआइकेमै फुटबल खेल्न सुरु गरे । एकेडेमीमै बसे । एकेडेमीबाटै व्यावसायिक फुटबल सुरु गरे । 

सन् २००२ देखि सन् २०२३ सम्म एआइकेबाट ३७ खेल खेले । सानै उमेरमा प्रभावशाली प्रदर्शन गरेपछि उनलाई संसारकै सर्वश्रेष्ठ इंग्लिस प्रिमियर लिग खेल्ने अवसर आयो । ब्राइटन क्लबले उनलाई प्रस्ताव राख्यो । त्यसलाई अयारीले सहजै स्वीकार गरे । त्यसयता यही क्लबबाट खेलिरहेका छन् । ब्राइटनबाट मात्रै ६६ खेल खेले । 

विश्व फुटबलकै सर्वाेत्कृष्ट लिग खेलेपछि अयारीले पछि फर्केर हेर्नु परेको छैन । पछिल्लो दुई सिजन भने उनले इंग्ल्यान्डकै कोभन्ट्री सिटी र ब्ल्याकबर्न रिभर्सबाट लोनमा खेलिरहेका छन् ।

अयारीले उमेर समूहमा स्विडेनकै यू–१७, यू–१८ र यू–२१ हुँदै सन् २०२३ मा सिनियर टिमबाट डेब्यु गरेका हुन् । फिनल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय डेब्यु पाए । दुई वर्षे यात्रामा २२ वर्षीय मिडफिल्डरले २० बढी खेल खेलिसकेका छन्। 

स्विडेनको प्रभावशाली जित
फिफा विश्वकप समूह ‘एफ’ का पहिलो खेलमा स्विडेनले ट्युनिसियाविरुद्ध प्रभावशाली जित निकाल्यो । अयारीले दुई गोल गरेपछि मेक्सिकोमा भएको खेलमा स्विडेन ५–१ ले सहज जित निकाल्न सफल भयो । 

स्विडेनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गर्‍यो । 

स्विडेनको जितमा अयारीले दुई तथा एलेक्जान्डर इशाक, भिक्टोर ग्योकेरस र माटिअस स्भानबर्गले समान एक गोल गरेका हुन् । ट्युनिसियाको लागि ओमार रेकिकले एक गोल फर्काएका थिए । 

जितपछि समूहमा स्विडेन तीन अंकसहित शीर्ष स्थानमा रह्यो । पहिलो खेलमै २–२ को बराबरी खेलेका जापान र नेदरल्यान्ड्सको समान एक अंक छ । ट्युनिसिया भने बिना अंक पुछारमा छ । 

अब, अर्काे खेलमा स्विडेनले नेदरल्यान्ड्स तथा जापानले ट्युनिसियाको सामना गर्नेछन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।