नेभिगेशन
समाज

शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्विटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्विटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडिसी) को सहयोगमा सिटिइभिटीमार्फत तीन परियोजना ‘नेस्नल भोकेस्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेस्नल एजुकेसन एन्ड टे«निङ फर युथ’ सञ्चालनमा रहेका छन् ।

Ncell
Extreme Energy

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्विटजरल्याण्डबीच  नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्विटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । 

उनले सिटिइभिटीसम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसद्मा पेस गर्ने तयारी रहेको जानकारी गराए । 

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गरे ।  

सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले स्विटजरल्याण्ड सरकारका तर्फबाट प्रविधि शिक्षामा मात्र नभएर आगामी दिनमा डिजिटाइजेसन, समावेशी शिक्षालगायत क्षेत्रमा पनि स्विस सरकारसँग सहकार्य गर्न सकिने धारणा राखे । 

मन्त्री पोखरेलले नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीतिअनुरूप काम अघि बढिरहेको तथा डिजिटाइजेसन, समावेशी शिक्षाको क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेको कुरा व्यक्त गरे । उनले विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने र काठमाडौँ महानगरपालिकामा सञ्चालित ‘बुकफ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको र त्यसलाई पाठ्यक्रममै राखेर देशभर विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै, प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सरकार लागिपरेको उल्लेख गरे । 

उक्त भेटमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताइन् । राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षामन्त्रीसमक्ष जानकारी गराइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।