नेभिगेशन
समाज

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । सोमबार बसेको नगर सभाको १९ औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

यसअघि आइतबार बसेको नगर सभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाको नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत भएको घोषणा गर्दै डंगोलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि महानगरको बजेट असार ४ गते प्रस्तुत गर्ने जानकारी दिइन् । 

Ncell
Extreme Energy

महानगरको यस वर्षको नीति तथा कार्यक्रममा नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन लगाएतलाई प्राथमिकतामा राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।