नेभिगेशन
समाज

रास्वपाको सुदूरपश्चिम सभापतिमा विष्ट निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत प्राप्त गरेका छन् ।

सभापतिको दोस्रो कार्यकालका लागि विष्ट पुनः निर्वाचित भएका हुन्। पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर–१ बाट विजयी भएका हुन् । सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो चरणमै सभापति निर्वाचित भएकोले अब उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ । कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको रास्वपाले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै हालसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएको उनले बताए । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।