नेभिगेशन
समाज

विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

काठमाडौँ । विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल भएको छ । मंगलबार बसेको प्रतिनिधिसभामा बिज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, पूर्वाधार , गृह मन्त्रालय, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षाका साथै प्रधानमन्त्री कार्यालय राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बिनियोजन बजेटका सम्बन्धमा छलफल भएको हो ।

बैठकमा सांसद गुरुप्रसाद बरालले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै माध्यामिक तह विद्यालयदेखि नै विज्ञान तथा प्रविधिमा पढाइ गर्नुपर्ने बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद बरालले चार अर्बको बजेट रहेको नयाँ मन्त्रालयले विज्ञान प्रविधिका क्षेत्रमा नयाँ योजनाहरु ल्याउनुपर्नेमा जोड दिए। त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद रमेशकुमार मल्लले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए।

Ncell
Extreme Energy

त्यस्तै पूर्वाधार विकास मन्त्रालयको शीर्षकको खर्च कटाएर घटाई एक रुपैयाँ कायम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद  बलावती शर्माले भौतिक विकासको खाका बजेटमा नभएकोले खर्च कटौतिको प्रस्ताव गरेको बताए। उनले सडक, विद्यालय, झोलुङ्गे पुल निर्माणजस्ता विषयमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए।

त्यसैगरि सांसद विष्णुमाया विकले गृह मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । भने सांसद यज्ञबहादुर बोगटीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।