नेभिगेशन
समाज

म्याग्दीको सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो ।

सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए। उनले भने, “पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय कर्णबहादुर खत्री, बलबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा परेको छ । पछिल्ला वर्ष निरन्तर पहिरो जाँदा करिब २० घरपरिवारको बसोबास रहेको सेउलुङ टोल, सयौँ रोपनी खेतीयोग्य जमिन र अदिभारा–डाडाँगाउँ–सोले–तमानखोला सडक पनि जोखिममा पर्ने खत्रीले बताए। पहिरोका कारण नजिकको जमिन धाँजा फाटेर चिराचिरा परेको छ ।

Ncell
Extreme Energy

उनका अनुसार टाक्से हुँदै रुम जोड्ने सडक निर्माणसँगै पहिरो बग्न थालेको हो । फेदी टाक्सेमा जाली लगाए पनि माथिल्लो क्षेत्रमा पहिरो रोकिएको छैन । ठूलो  क्षेत्रफल र लामो पहिरो भएकाले रोकथामको प्रयास सफल हुनसकेको छैन ।

मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथामको हुन नसकेको बताए। जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उनले बताए। पहिरो बढ्न नदिन भल व्यवस्थापनको प्रयास गरिएको वडाध्यक्ष बुढाले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले  फिर्ता पाए रकम

ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले फिर्ता पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव दाउन्नेबाट पक्राउ परेका छन्। उनीविरुद्ध प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको थियो।