नेभिगेशन
समाज

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छः सचेतक परियार

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले विगतका सरकारले बजेटमा दलित समुदायलाई झुक्याउने काम गरेको दृष्टान्त पेश गर्दै अहिले भने बजेट सुधारमुखी आएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षमाथिको छलफलमा आज भाग लिँदै सचेतक परियारले विगतमा कानुन नै नबनाई दलित विकास प्राधिकरणका नाममा बजेट विनियोजन गरेर ढाँट्ने काम भएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “विगतका सरकारले पछाडि पारिएका क्षेत्र र समुदायलाई बजेटमा केवल गफ दिएर ढाँटेका प्रशस्त उदाहरण छन् । आर्थिक वर्ष ०८१/८२ मा २० करोड र ०८२/८३ मा ५० करोड विनियोजन गरेको पनि भनियो । तर, दलित विकास प्राधिकरण गठनका लागि आवश्यक पर्ने कानुन नै निर्माण गरिएन । कानुनै नबनाएपछि एक पैसा पनि खर्च हुने कुरै भएन । यो दलित समुदायलाई ढाँट्ने काम मात्र थियो ।”

Ncell
Extreme Energy

अर्थतन्त्रको एकोहोरो वृद्धि मात्र नभई त्यसको समन्यायिक वितरण मुख्य कुरा भएको भन्दै उहाँले अहिलेको बजेटले भने मध्यमवर्ग र युवा पुस्तालाई समेटेको दाबी गरे। उनले प्रस्तुत बजेटको बचाउ गर्दै यो बजेट सुधारमुखी, मध्यमवर्गीयमैत्री र युवा लक्षित रहेको र यसले जेन–जी पुस्ताको मर्मलाई आत्मसात् गरेको धारणा व्यक्त गरे।

आयकरको करमुक्त सीमालाई दोब्बर बनाएर १० लाख पुर्‍याइनु र उच्च दरलाई ३९ बाट २९ प्रतिशतमा झारिनु मध्यमवर्गका लागि ऐतिहासिक र स्वागतयोग्य कदम भएको उनको तर्क थियो । त्यस्तै, मन्त्रालयहरूको सङ्ख्या कटौती, निजी क्षेत्रमैत्री दृष्टिकोण, सेयर बजारको पुँजीगत लाभकरलाई अन्तिम बनाइनु र डिजिटल एआई एवं स्टार्टअप प्याकेज आदिले नयाँ पुस्ताको ढुकढुकी समात्न सकेको दाबी परियारको थियो ।

सचेत परियारले यस बजेटमा गरिबी निवारण र सामाजिक सुरक्षाका धेरै विषय समेटिएको दृष्टान्त पेश गर्दै तीन लाख १३ हजार दलित बालबालिकालाई एक हजार पोषण भत्ता दिने व्यवस्था एउटा यसैको उदाहरण भएको बताए।

साथै यस बजेटमा दलित समुदायको परम्परागत सीप संरक्षण, भूमिहीन सुकुम्बासी व्यवस्थापन र मधेश, कर्णाली तथा सुदूरपश्चिमका दलित बस्तीमा नमुना होमस्टे जस्ता कार्यक्रम प्रशंसनीय रहेको चर्चा गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्नँ। दबाएर म दबिन्नँ। फकाएर फकिन्नँ। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई...
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।
ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

नेकपा एमालेभित्रको शक्ति संघर्षले फेरि नयाँ आकार लिन थालेको नेताहरूले बताएका छन् ।
शिक्षा मन्त्री सस्मित पोखरेलको रिपोर्ट कार्ड, यी हुन् उनको नेतृत्वमा भएका मुख्य पाँच कामहरु

शिक्षा मन्त्री सस्मित पोखरेलको रिपोर्ट कार्ड, यी हुन् उनको नेतृत्वमा भएका मुख्य पाँच कामहरु

शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि थाती रहेका शिक्षा र खेलकुद क्षेत्रका विवाद, माग र नीतिगत समस्यालाई वार्ता तथा संवादमार्फत समाधान गर्ने प्रयासलाई तीव्र बनाएको छ ।