नेभिगेशन
समाज

लिबियामा एशिया–अफ्रिका संसदीय परिषद् सम्मेलन, नेपालबाट धितालकाे नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी

काठमाडाैँ । लिबियामा भएकाे एसियाली-अफ्रिकी संसदीय परिषद् (Asian-African Parliamentary Council) सम्मेलनमा नेपालबाट रास्वपा सचेतक क्रान्तिशिखा धितालकाे नेतृत्वमा टाेली सहभागी भएकाे छ । दुई दिने सम्मेलनमा एसियाली-अफ्रिकी देशका युवा सांसदहरु सहभागी थिए । 

सम्मेलनमा नेपालबाट रास्वपा सचेतक धिताल सहित रास्वपा सांसद शिव यादव र राष्ट्रयसभा सदस्य नेपाली कम्युनिष्ट पार्टीकी रेणु चन्द सहभागी थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लिबियाको पूर्वी सहर बेन्गाजीमा भएको सम्मेलनमा एशिया र अफ्रिकाका संसदीय नेताहरू तथा प्रतिनिधिमण्डलहरू सहभागी भएका थिए । उनीहरूले दुई महादेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल गरेका छन् । 

Ncell
Extreme Energy

सम्मेलनमा क्षेत्रीय द्वन्द्व, आर्थिक दबाब, जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा आप्रवासनलगायत साझा चुनौतीहरूको सामना गर्न संसदीय समन्वयलाई अझ सशक्त बनाउनुपर्नेबारे छलफल भएकाे सचेतक धितालले जानकारी दिइन् । 

हाल परिषद्को अध्यक्ष राष्ट्र रहेको लिबिया सदस्य राष्ट्रका संसदहरूसँग मिलेर दिगो विकास, सामूहिक सुरक्षा तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा परिषद्को भूमिकालाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको लिबियाली प्रतिनिधि सभाका सभामुख अगुइला सालेहले बताएका थिए । 

दुई दिनसम्म सञ्चालन भएकाे सम्मेलनमा साझा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूका साथै एशिया र अफ्रिकाबीच संवाद, साझेदारी र विकासलाई प्रवर्द्धन गर्न संसदहरूको भूमिकाबारे केन्द्रित छलफल भएकाे छ । 

उक्त सम्मेलनपछि नेपाली टाेलीले लिबियाली प्रतिनिधि सभाका सभामुख अगुइला सालेह इस्सासँग शिष्टाचार भेटवार्ता गरेका छन् । रास्वपा सचेतक धितालले यस अवसरमा नेपाल–लिबिया सम्बन्ध, तथा आपसी हितका विविध विषयमा विचार आदान–प्रदान भएकाे जानकारी दिइन् । 

एशिया–अफ्रिका संसदीय परिषद्को स्थापना सन् २०२५ को सेप्टेम्बरमा आयोजित पहिलो सम्मेलनपछि दुई महादेशबीच संसदीय सहकार्य र परामर्शलाई सुदृढ बनाउने उद्देश्यका साथ गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।