नेभिगेशन
फुटबल

फ्रान्सको जितमा एम्बाप्पेको तीन कीर्तिमान, उछिने मेसीलाई

काठमाडौँ । फ्रान्सले फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गर्दा कप्तान तथा स्ट्राइकर केलियन एमबाप्पेले तीन वटा कीर्तिमान भंग गरेका छन् । खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हरायो । 

सन् २०१८ को च्याम्पियन तथा सन् २०२२ को उपविजेता फ्रान्सको जितमा एम्बाप्पेले दुई गोल गरे । ब्राड्ली बार्काेलाले एक गोल थपे । सेनेगलको लागि इब्राहिम एमबायेले एक गोल फर्काएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई गोलसँगै एमबाप्पे फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले ओलिभियर  जिरुडकोे ५७ गोलको कीर्तिमानलाई पछि पारे । 

Ncell
Extreme Energy

त्यस्तै, विश्वकपमा पनि फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बने । यस्तै, उनले विश्वकपको लागि १४ गोल गरेका छन् । वेष्ट जर्मनीका गर्ड मुलरले पनि समान १४ गोल गरेका हुन् । यो गोलसँगै एम्बाप्पेले एकै पटक अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सकै जष्ट फोन्टेनलाई पछि पारेका छन् । मेसी र फोन्टेनको नाममा १३ गोलको रहेको छ । 

अब, १४ गोल गरेका एम्बाप्पे ब्राजिलका रोनाल्डो (१४) र जर्मनीका मिलोस्लाभ क्लोज (१६) भन्दा दुई गोलले मात्रै पछि छन् । विश्वकपका बाँकी खेलमा तीन गोल गरे एम्बाप्पे सर्वाधिक गोलकर्ता चुनिनेछन् । 

मेट लाइफ मैदानमा खेलको पहिलो पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६औं मिनेटमा एमबाप्पेले अग्रता दिलाए । माइकल ओलिसले थ्रु पास निकालेपछि एम्बाप्पेले बक्स भित्रबाट सहज गोल गरेका थिए । 

८२औं मिनेटमा बार्काेलाले अग्रता २–० को बनाए । उनलाई एड्रिएन राविओटले पास मिलाइदिएका थिए । इन्जुरी समयको पाँचौं मिनेटमा इब्राहिमले गोल गर्दै सेनेगललाई २–१ को अवस्थामा पुर्याएका हुन् । तर, एम्बाप्पेले एक मिनेटपछि अर्काे गोल थप्दै ३–१ को जित सुश्चित गरेका थिए । 

अब, फ्रान्सले समूह ‘आई’को अर्काे खेलमा इराकसँग खेल्नेछ । त्यसपछि नर्वेसँग खेल्ने तालिका छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।