नेभिगेशन
मुख्य समाचार

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपालको आर्थिक साझेदारी र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।

Ncell
Extreme Energy

भेटवार्तामा द्विपक्षीय सहयोग विस्तार, भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, उत्थानशील विकास, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयलाई पनि वाग्लेले प्राथमिकताका साथ उठाउनेछन्।

त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी बढाएर रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा पनि छलफल हुनेछ।

भ्रमणका क्रममा वाग्लेले अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा वाग्ले दुईदिने भ्रमणका लागि अमेरिका पुगेका हुन्। भ्रमण असोज १९ र २० गते अर्थात् अक्टोबर ५ र ६ सम्म रहनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।