नेभिगेशन
मुख्य समाचार

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको १५औँ महाधिवेशनबाट विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या बढाउने तयारी भइरहेका बेला आङ्देम्बेको उम्मेदवारीबारे जानकारी बाहिरिएको हो।

Ncell
Extreme Energy

आङ्देम्बे निकट स्रोतका अनुसार विधान संशोधन गरेर उपसभापतिको संख्या तीन पुर्‍याइए उनले उपसभापतिमा उम्मेदवारी दिनेछन्।

‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ स्रोतले भन्यो।

आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए। हाल उनी पार्टीको संसदीय दलका नेता छन्।

संसदीय दलको नेता बनेपछि उनले १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्नेबारे कांग्रेसभित्र चासो थियो। विधान संशोधन गरी उपसभापतिको संख्या बढाउने तयारीसँगै उनको उम्मेदवारीको तस्वीर स्पष्ट भएको हो।

कांग्रेसमा हाल दुई जना उपसभापति रहने व्यवस्था छ। महाधिवेशनबाट विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्‍याइए आङ्देम्बेले उक्त पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।