नेभिगेशन
मुख्य समाचार

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको १५औँ महाधिवेशनबाट विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या बढाउने तयारी भइरहेका बेला आङ्देम्बेको उम्मेदवारीबारे जानकारी बाहिरिएको हो।

Ncell
Extreme Energy

आङ्देम्बे निकट स्रोतका अनुसार विधान संशोधन गरेर उपसभापतिको संख्या तीन पुर्‍याइए उनले उपसभापतिमा उम्मेदवारी दिनेछन्।

‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ स्रोतले भन्यो।

आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए। हाल उनी पार्टीको संसदीय दलका नेता छन्।

संसदीय दलको नेता बनेपछि उनले १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्नेबारे कांग्रेसभित्र चासो थियो। विधान संशोधन गरी उपसभापतिको संख्या बढाउने तयारीसँगै उनको उम्मेदवारीको तस्वीर स्पष्ट भएको हो।

कांग्रेसमा हाल दुई जना उपसभापति रहने व्यवस्था छ। महाधिवेशनबाट विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्‍याइए आङ्देम्बेले उक्त पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको छ।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुईवटा मल्टिसर्किट टावरको काम १०–१५ दिनभित्र सम्पन्न गरी दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने...