नेभिगेशन
समाज

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत। बाढीपहिरोबाट पर्वतमा ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाका सात स्थानीय तहमध्ये छ पालिकाका विभिन्न बस्ती प्रभावित भएका छन्। सबैभन्दा बढी क्षति जलजला गाउँपालिकामा भएको छ। त्यहाँ ११३ घरमा क्षति पुगेको छ भने ५८ घर पहिरोको जोखिममा छन्। जलजलाका १७१ परिवार विस्थापित भएका छन्।

Ncell
Extreme Energy

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन्।

बाढीपहिरोबाट पाँच विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था र प्रहरी चौकीमा पनि क्षति पुगेको छ। पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गाको पुलमा समेत क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए।

जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन्। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने क्षेत्रीले बताए।

विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ तथा स्वास्थ्य उपचार सामग्री उपलब्ध गराइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनमत पार्टीको आन्दोलन र संघर्षको बाबुराम भट्टराईले गरे प्रशंसा

जनमत पार्टीको आन्दोलन र संघर्षको बाबुराम भट्टराईले गरे प्रशंसा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयता, अधिकार, पहिचान र समावेशिताका पक्षमा जनमत पार्टी र अध्यक्ष डा. सीके राउतले उठाउँदै आएको आवाजको प्रशंसा गरेका छन्।
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।