नेभिगेशन
समाज

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल–चीन उत्तरी कोरलानाकाको अवस्था र सञ्चालनसम्बन्धी जानकारी लिन राजदूत माओमिङ मुस्ताङ आएको बताइएको छ।

Ncell
Extreme Energy

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत कोरलानाका हुँदै मुस्ताङ आएको जानकारी दिइन्। उनका अनुसार भ्रमणको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन।

“चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ। भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” उनले भनिन्, “उहाँको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ। आज दिउँसो कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ।”

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार राजदूत माओमिङ तीनदिने भ्रमणका लागि मुस्ताङ आएका हुन्। टोलीमा राजदूतसहित पाँच जना चिनियाँ र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी छन्।

टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ। भ्रमण तालिकाअनुसार टोली लोमान्थाङबाट जोमसोम आउनेछ।

जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका अधिकारीबीच कोरलानाकासम्बन्धी बैठक बस्ने कार्यक्रम रहेको छ। बैठकपछि राजदूत माओमिङ पुनः लोमान्थाङ फर्किनेछन्।

भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरलानाका हुँदै चीन फर्किने कार्यक्रम रहेको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरलानाका हुँदै चिनियाँ राजदूतको उच्चस्तरीय मुस्ताङ भ्रमण पहिलोपटक भएको हो।

उनका अनुसार कोरलानाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा नाकाको समग्र अवस्थाको अनुगमन गर्ने उद्देश्यले राजदूतको भ्रमण भएको हो।

वैकल्पिक नाकाका रूपमा कोरलानाका

गत भदौ १० गतेको भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि बन्द अवस्थामा छ।

दुवै नाका बन्द भएपछि नेपाल–चीन व्यापारका लागि कोरलानाका महत्वपूर्ण वैकल्पिक नाकाका रूपमा देखिएको छ। भदौ १० यता मुस्ताङ भन्सार कार्यालयले दैनिक करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलनमा योगदान गरिरहेको बताइएको छ।

यही अवस्थामा चिनियाँ राजदूतसहितको टोलीको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भ्रमणका क्रममा कोरलानाकालाई पूर्ण रूपमा सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय नाकाका रूपमा आवश्यक व्यवस्थापन गर्ने, नाकामा देखिएका समस्या तथा चुनौती पहिचान गरी समाधान खोज्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यस्तै, कोरलानाकामा नेपालतर्फ निर्माण भएका पूर्वाधार र नाका जोड्ने सडकको अवस्थाबारे पनि टोलीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको महाधिवेशन उद्घाटनमा ओली नजाने

कांग्रेसको महाधिवेशन उद्घाटनमा ओली नजाने

नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।
तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।