नेभिगेशन
समाज

जनमत पार्टीको आन्दोलन र संघर्षको बाबुराम भट्टराईले गरे प्रशंसा

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयता, अधिकार, पहिचान र समावेशिताका पक्षमा जनमत पार्टी र अध्यक्ष डा. सीके राउतले उठाउँदै आएको आवाजको प्रशंसा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनमत पार्टीको दोस्रो महाधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टराईले पार्टीले विभिन्न आन्दोलन र संघर्षमार्फत उठाउँदै आएका मुद्दाको प्रशंसा गरेका हुन्।

Ncell
Extreme Energy

भट्टराईले आफू संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति रहेका बेला संविधान निर्माणका क्रममा आन्दोलनरत डा. राउतलाई आमन्त्रण गरी उनका विचार, सुझाव र सरोकार सुनेको प्रसंगसमेत स्मरण गरेका छन्।

उनले बदलिँदो राजनीतिक सन्दर्भमा जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको वैचारिक तथा संगठनात्मक यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि रचनात्मक भूमिका निर्वाह गर्न महाधिवेशनले नयाँ ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

जनमत पार्टीको दोस्रो महाधिवेशन शनिबारदेखि वीरगन्जमा सुरु भएको हो। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन हुँदैछ। महाधिवेशनका लागि १०३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् भने अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।