नेभिगेशन
समाज

जनमत पार्टीको आन्दोलन र संघर्षको बाबुराम भट्टराईले गरे प्रशंसा

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयता, अधिकार, पहिचान र समावेशिताका पक्षमा जनमत पार्टी र अध्यक्ष डा. सीके राउतले उठाउँदै आएको आवाजको प्रशंसा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनमत पार्टीको दोस्रो महाधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टराईले पार्टीले विभिन्न आन्दोलन र संघर्षमार्फत उठाउँदै आएका मुद्दाको प्रशंसा गरेका हुन्।

Ncell
Extreme Energy

भट्टराईले आफू संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति रहेका बेला संविधान निर्माणका क्रममा आन्दोलनरत डा. राउतलाई आमन्त्रण गरी उनका विचार, सुझाव र सरोकार सुनेको प्रसंगसमेत स्मरण गरेका छन्।

उनले बदलिँदो राजनीतिक सन्दर्भमा जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको वैचारिक तथा संगठनात्मक यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि रचनात्मक भूमिका निर्वाह गर्न महाधिवेशनले नयाँ ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

जनमत पार्टीको दोस्रो महाधिवेशन शनिबारदेखि वीरगन्जमा सुरु भएको हो। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन हुँदैछ। महाधिवेशनका लागि १०३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् भने अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फोर्से बजार तहसनहस बनाएको छ।
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

बाढीपहिरोबाट पर्वतमा ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ।
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।