नेभिगेशन
समाज

कांग्रेसको महाधिवेशन उद्घाटनमा ओली नजाने

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुँदैछ। उद्घाटन सत्रमा राजनीतिक दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ।

Ncell
Extreme Energy

अध्यक्ष ओलीले दलको बैठक बोलाएकाले सहभागी हुन नभ्याउने उनको सचिवालय प्रमुख निरूदेवी पालले सिधाकुरालाई जानकारी दिइन्।

‘उहाँले आज दलको बैठक बोलाउनुभएको छ। अधिवेशनको सुरू र अन्त्यमा दलको बैठक डाकेर आवश्यक निर्देशन दिने चलन छ। तीन–चार घण्टाको कार्यक्रम पहिले नै तय भएकाले उहाँ महाधिवेशनको उद्घाटनमा जान भ्याउनुहुन्न,’ उनले भनिन्।

एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने पालले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।
कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको छ।
तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...