नेभिगेशन
समाज

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् । 

Ncell
Extreme Energy

उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे । सरकारका गलत नीति–निर्णयका विरुद्ध सदनमार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै विस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए । सडकमा गएर खबरदारी नगरिकन अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ छ ।

त्यस्तै, प्रचण्डले  मङ्सिर ११ गतेका लागि तोकिएको महाधिवेशन  सम्भव नदेखिएकाले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका तय गरिने बताए । उनले दुई महिने अभियानअन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।