नेभिगेशन
फुटबल

मेसी विश्वकपमा ह्याट्रिक गर्ने जेठा खेलाडी, रोनाल्डोलाई उछिने, क्लोजको १६ गोल कीर्तिमान बराबरी

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिक तथा कीर्तिमानी गोलसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० हराएको छ । 

बुधबार अमेरिकाको कन्सास सिटीमा भएको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो खेलमा मेसीले व्यक्तिगतसँगै विश्व कीर्तिमान समेत बनाए । छैटौ पटक विश्वकप खेलिरहेका मेसी विश्वकपको इतिहासमा जेठा ह्याट्रिक कर्ता बने । मेसी अहिले ३८ वर्षका भएका छन् । यसअघि क्रिष्टियानो रोनाल्डोले ३३ वर्ष १३० दिनमा ह्याट्रिक गरेका थिए । 

Ncell
Extreme Energy

यस्तै, साविक विजेता अर्जेन्टिनाका कप्तान मेसीले व्यक्तिगततर्फ विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् ।

यस्तै, मेसीले जर्मनी स्टार मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानी बराबरी गरेका छन् । विश्वकप इतिहासमा क्लोजले सर्वाधिक धेरै १६ गोल गरेका छन् । उनले यो कीर्तिमान सन् २०१४ मा २४ खेलमा बनाएका हुन् । हाल मेसीले २७ खेलमा १६ गोल गरे । अब, मेसीले एक गोल गरेमात्रै पनि क्लोजको यो कीर्तिमान उछिनेछन् । 
यो जितसँगै अर्जेन्टिनाले समूह जे मा तीन अंक जोडेको छ । अब, मेसीको अर्जेन्टिनाले दोस्रो खेलमा अस्ट्रिया र तेस्रो खेलमा जोर्डनको सामना गर्नेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।