नेभिगेशन
समाज

चिया निर्यातमा देखिएको समस्या समाधान गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामको चिया उद्योग बन्द हुने अवस्था आएको भन्दै चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेको र नेपाली चियाको गुणस्तरको रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने व्यवस्थाले चिया किसानहरुले उद्योगमा ताला झुण्ड्याउनुपर्ने अवस्था आएको पनि उनले बताए ।

Ncell
Extreme Energy

उनले प्रधानमन्त्रीलाई चिया पसलमा गएर चिया पिउन फुर्सद भए पनि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न फुर्सद नभएको टिप्पणी गरे । उनले चिया निर्यात खुलाउन जी टु जी पहल गर्नुपर्ने सुझाव पनि दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै