नेभिगेशन
समाज

चिया निर्यातको समस्या समाधान गर्न कुटनीतिक पहल भैरहेको छः उद्योग मन्त्री गौरी कुमारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएका छिन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेका जानकारी दिइन् ।

Ncell
Extreme Energy

त्यस्तै उनले आयल निगमबाट सिलिगुढी चारअली र अमलेखगञ्ज लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेका र सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको जानकारी दिइन् । मन्त्री कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको तीन महिनाको लागि पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुरूप सरकारले काम गरिरहेको उल्लेख गरिन् । 

उनले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवद्र्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय सम्वद्र्धन सेवा र उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने बताइन् ।  राष्ट्रिय उद्यम सेवा मार्फत उद्यमशीलता विकास गर्दै स्वदेशी उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने लक्ष्यका साथ विविध कार्यक्रमहरू कार्यान्वयन गर्न प्रस्ताव गरिएको बताइन् ।

उनले औद्योगिक ग्रामलाई निर्माण कार्य प्रगतिका आधारमा मन्त्रालयबाट कानुनबमोजिम बजेट निकास गरिने स्पष्ट पारिन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।