नेभिगेशन
समाज

संसद्मा श्रम संस्कृति पार्टी विरोध यथावत

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधयेकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेका हुन् ।

मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रतिप्रश्न गर्नुभएको थियो । प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै उहाले उठेर विरोध जनाउनुभएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख डोल प्रसाद अर्यालले प्रतिप्रश्नमाथि पुन प्रतिप्रश्न गर्न नमिल्ने बताएपनि साम्पाङले भने प्रश्न गर्न पाउनुपर्ने अडान कायमै राख्नुभएको थियो । साम्पाङले विरोध जारी राख्दा सभामुखले प्रक्रियालाई अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् ।

Ncell
Extreme Energy

वेल घेराउ गर्दा सभामुख अर्यालले संसदको विधि, नियमावली नमिच्न चेतावनी दिनुभएको थियो । तर उनीहरुले वेल घेराउलाई जारी राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।