नेभिगेशन
समाज

सहकारी पीडितलाई राज्यकोषबाट एक पैसा पनि वितरण गरिएको छैनः सहकारी मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडितहरुको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको बताएकी छिन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राज्यकोषबाट समस्याग्रस्त सहकारी पीडितहरूलाई रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन सांसदहरूलाई आग्रह पनि गरिन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलले उक्त रकम समस्याग्रस्त सहकारी संस्थाका व्यवस्थापन, संचालक, लेखा समितिलगायतबाट असुली गरिएको बताइन् ।

Ncell
Extreme Energy

‘समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन’ उनले भनिन्, ‘पछिल्लो ३ महिनामा मात्रै विभिन्न ८ वटा समस्याग्रस्त सहकारी रुजु भएको १० हजार र सो भन्दा मुनिका एक हजार ४५२ वचतकर्ताहरुको ५९ लाख ४६०० बचत फिर्ता गरिएको छ।

साथै ३ महिना भित्र ३ करोड ५४ लाख ४९ हजार ऋण असुली भईसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका संचालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारीहरुबाट व्यवस्थापन गरिएको हो।’

मन्त्री रावलले सरकारले संघीयताको भावना अनुसार तीन वटै तहका सरकारको सहकार्यलाई बलियो बनाउने गरी बजेटको व्यवस्था गरेको पनि बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।