नेभिगेशन
समाज

अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका छन्।

नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरि सरकारले बजेट ल्याएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्तमान सरकारको दोस्रो र तेस्रो बर्ष सुधारहरुलाई अझै तीव्र पार्ने उल्लेख गरेका थिए। चौथो र पाँचौं वर्षको बजेटलाई सुधार मार्फत नभइ आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनले बताए।

Ncell
Extreme Energy

उनले वर्तमान सरकारले आगामी पाँच बर्ष मुलुकको आर्थिक क्षेत्रमा रुपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महशुस गर्न सक्ने धारणा व्यक्त गरे। निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि नसक्ने भन्दै मन्त्री वाग्लले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको स्पष्ट पारेका थिए।

अर्थतन्त्र सुधारका लागि बजेट नै कुर्नु नपर्ने र आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णय हुन सक्ने उनको भनाइ छ । त्यस्तै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा त्यसको प्रभाव सवै क्षेत्रमा परिेको बताए।

बैंकहरुमा लगानीयोग्य पैसा उपलब्ध भए पनि निजी क्षेत्र आकर्षित नहुनुको कारणबारे राज्यले सोच्नुपर्ने उनले बताए। उनले सरकारले एमआरपी लागू गरेपछि व्यापार क्षेत्रमा धेरै असुविधा सिर्जना गरेको गरेको गुनासो गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।