नेभिगेशन
समाज

निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका छौँः मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार बिकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो बर्ष केहि आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने पहिलो बर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेट कम भए रकमान्तर गरेर भएपनि पूर्ति गरिने उल्लेख गरे। मन्त्री लम्सालले मन्त्रालयको बजेट करिव ३ खर्बको रहेपनि आगामी आर्थिक बर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताएका थिए।

Ncell
Extreme Energy

उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि प्रयाप्त बजेट बिनियोजन भएको र सांसदहरुको मागका आधारमा सवै क्षेत्रलाई प्राथमिकता राखेको धारणा व्यक्त गरे। काम नगर्ने ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफुले गरेको र कसैलाई दुख दिने आशय नभएको स्पष्ट पारेका थिए।

उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउनसक्ने भएकाले सचेत गराएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।