नेभिगेशन
समाज

'मन्त्रालय बन्यो, बजेट पनि आयो' अब खर्च गर्न कानुन बनाइदिनुस्ः मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति चाँडो बनाएर सहयोग गरिदिन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगाएतका ऐन बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन कानुन अपरिहार्य रहेकाले पनि यस तर्फ ध्यानाकर्षण गराएका थिए। कानुन बन्न ढिलाई भएमा मन्त्रालयका निम्ति छुट्याइएको यस वर्षको बजेट कार्यान्वयनमा जान समेत ढिलो हुने जसले गर्दा मन्त्रालयको कार्यसम्पादन राम्रो नहुने हुँदा आवश्यक कानुन अपरिहार्य रहेका बताए।

Ncell
Extreme Energy

उनले भने, ‘बजेट खर्चका विषयमा एक जना सचिव ज्यूलाई सोधेको थिए। उहाँले कानुन बिना खर्च गर्न सकिदैन भन्नु भयो। मैले कानुन बन्न लाग्ने समय सोधे एउटा कानुन बन्न ६ महिना जति लाग्ने भनेर सुनाउनु भयो । त्यसैले आवश्यक कानुनलाई चाँडो बनाएर सहयोग गरिदिन अनुरोध गर्दछु।’

त्यस्तै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारलाई समेत आवश्यक बजेट छुट्टाउन सुझाव दिएका छन्।

मन्त्रालयलाई छुट्टाइएको ४ अर्व मध्ये योजना र कार्यक्रम नभएकाले साढे ३ करोड भने अवण्डामा रहेको उनले जानकारी दिए। मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अव अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।