नेभिगेशन
समाज

'ढुङ्गाहरूको देश हो वा मान्छेको देश हो' अचम्म लागेको छ: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले ढुङ्गाहरूको देश हो वा मान्छेको देश हो अचम्म लागेको बताएका छन्। शुक्रबारको संसद् बैठकको आकस्मिक समयमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्।

सीमानाका विषयमा प्रधानमन्त्रीले बोलेको धारणा सच्याउन रोष्टमबाटै आफूले भनेको १६ दिन भएको स्मरण गर्दै सांसद साम्पाङले यसरी कसैले भनेको कुरा केही पनि नसुन्ने हो भने ढुङ्गाहरूको देश हो वा मान्छेको देश हो अचम्म लागेको बताएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 'संसद्मा भनेको कुरा कसैले कसैको केही कुरा पनि नसुन्ने ढुङ्गाहरूको देश हो वा मान्छेको देश हो अचम्म लागेको छ । जिम्मेवार बन्नु पर्छ । जिम्मेवारीले मात्र मान्छेलाई मान्छे बनाउँछ। हामी मान्छे बन्नका लागि भात खाएर, टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा चिल्लो चाप्लो गाडी चढेर ठुला घरमा बस्दैमा हामी बन्दैनौँ । नैतिकता हुन जरुरी छ । जवाफ देहिता पनि जरुरी छ । प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउनु पर्छ।'

Ncell
Extreme Energy

त्यस्तै मान्छे बन्न नैतिकता र जबाफदेहिता चाहिने बताउँदै भात खाएर, टाई सुट लाउँदैमा र चिल्लो गाडीमा चढ्दैमा कोही मान्छे नहुने, मान्छे बन्नका लागि नैतिकता र जिम्मेवारी हुनु पर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।