नेभिगेशन
सबै कुरा
भारतलाई २० करोड खर्च गर्न दिने सम्झौता :

‘भारतीय दूतावासले ५ करोड बाड्दा राष्ट्रहित विपरीत नहुने, २० करोड कसरी राष्ट्रहित विपरीत हुन्छ ?’ -प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउनेगरी गरेको सम्झौताबारे कानुन समितिमा स्पष्टिकरण दिएका छन् । भारतलाई नेपालका परियोजनामा सिधै २० करोड खर्च गर्न दिनेगरी भएको सम्झौतालाई समितिका सांसदहरुले राष्ट्रघाती भएको भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री नेपाल आएको समयमा सम्झौता भएपनि पहिले नै मन्त्रीपरिषद्बाट निर्णय गरिएको जानकारी गराए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले यसअघि ५ करोडको प्रवधान रहेको बताउँदै ५ करोड खर्च गर्दा फरक नपर्ने २० करोड खर्च गर्दा राष्ट्रघाट हुने तर्क सही नभएको समेत बताए । प्रधानमन्त्री दाहालले भने, ‘५ करोड हुँदा राष्ट्रहित विपरीत नहुने, २० करोड हुँदा राष्ट्रहित विपरीत हुने भन्ने हुँदैन ।’ 

Ncell
Extreme Energy

दाहालले थपे, ‘हाम्रो सरकारले १५–२० दिन अगाडि नै क्याबिनेटबाट डिसिजन गरिसकेको थियो ।भरातीय विदेशमन्त्री आएकै बेलामा भएको हो कि भन्ने कन्फ्यूजन नराखौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।