नेभिगेशन
समाज

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

काठमाडौँ ।एनसेल ग्राहकहरूले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ । 

यो साझेदारी अन्तर्गत रु ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् । यसका साथै अब ग्राहकहरुले एनसेल एपबाटै डिजिटल रुपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आवद्ध हुँदा प्राप्त गर्दछन् । ग्राहकहरुले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधीमा रु ८००० सम्मको छुट प्राप्त गर्न सक्छन् । यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा रु २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा रु १४० अनि बस टिकट बुकिङमा रु १११ छुट प्राप्त गर्न सक्छन्।

Ncell
Extreme Energy

यी विशेष छुटहरुको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ । 

साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरुलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौं । ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेल एप मार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ।”

यो सहकार्य एनसेलको डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढ्ने यात्राको अर्को महत्त्वपूर्ण कदम हो। एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफरहरू एकीकृत गर्दै कम्पनीले ग्राहकहरूको अनुभवलाई निरन्तर रूपमा थप परिष्कृत गर्दै परम्परागत दूरसञ्चार सेवाभन्दा फरक लाभहरू प्रदान गरिरहेको छ।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटेल, होलिडे प्याकेज र ग्राहकले चाहे बमोजिम तयार पारिएका सेवा प्रदान गर्दै आएको छ । यो साझेदारी दैनिक जीवनलाई सरल बनाउन डिजिटल नवीनता प्रयोग गर्ने एनसेलको मान्यतासँग मिल्दछ र ग्राहकहरूलाई थप सुविधा र छनोटको अवसर प्रदान गर्दछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभ एपको ड्राइभर मोड ड्राइभर एकेडेमी मार्फत उपलब्ध यो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो । विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने...
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास...