नेभिगेशन
समाज

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

काठमाडौँ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ । कारबाहीबाट रु १२ करोड ६९ लाख ४९ हजार ६८ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार ट्राफिक सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु चढाउने सवारीमाथि कारबाही गरिएको छ । यसमा १८ हजार ८२७ सवारीलाई कारबाही गर्दा रु एक करोड ६४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११ हजार ९६९ चालक कारबाहीमा परेका छन् ।

Ncell
Extreme Energy

यसबाट रु ६५ लाख ८२ हजार ५०० राजस्व उठेको छ । ओभरलोडमा सात हजार २३ सवारीलाई कारबाही गर्दा रु ९४ लाख ७८ हजार ७०५ जम्मा भएको प्रहरी उपरीक्षक काफ्लेले बताए। तीव्र गतिका कारण पाँच हजार ७९४ सवारी कारबाहीमा पर्दा रु ३४ लाख ५५ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

प्रयोजनविपरीत सञ्चालित सवारी कारबाहीमा तीन हजार ३६० कारबाहीमा रु ६६ लाख तीन हजार ५०० जम्मा भएको छ । यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने एक हजार ४१ सवारीबाट रु पाँच लाख ७३ हजार उठेको छ । ध्वनि प्रदूषण, स्टन्ट र स्वरुप परिर्वतनमा ५२२ सवारी कारबाहीमा रु २४ लाख ८४ हजार ३६३ सङ्कलन भएको छ ।

यसैगरी, अन्य विभिन्न सवारी कारबाहीबाट रु आठ करोड १२ लाख ७९ हजार ५०० सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ ।

लाइसेन्सविहीन सवारी सञ्चालन, मापसे, तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति अझै चुनौतीका रूपमा देखिएको कार्यालयले जनाएको छ ।
“दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ । यसबाट मात्र बढ्दो सवारी दुर्घटनाका कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्छ”, प्रहरी उपरीक्षक काफ्लेले भने। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।