नेभिगेशन
समाज

राप्रपा महाधिवेशन मंसिर २६ गतेदेखि काठमाडौँमा हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)ले २०८३ मंसिर २६, २७ र २८ गते काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्ने औपचारिक निर्णय गरेको छ ।

शनिबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय महाधिवेशन २०८३ मंसिर २६, २७ र २८ गते काठमाण्डौंमा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनलाई सम्पन्न गर्न अध्यक्ष लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने आगामी भाद्र मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने , आगामी असोज १५ देखि असोज २४ गतेसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए।

Ncell
Extreme Energy

बैठकले निर्वाचनको परिणाम र पार्टीभित्रका केहि गतिविधिका कारण बिचलित नहुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । वर्तमान सरकार सरकारले जेनजी आन्दोलनको प्रमुख माग रहेको शासकीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई धेरै हदसम्म बेवास्ता गर्दै विगतका सरकारहरूकै शैलीमा र कतिपय मुद्दामा अझ अपरिपक्व ढंगबाट शासन सञ्चालन गर्न खोजेको हो कि भन्ने आशंका पार्टीको रहेको उनले बताए।

उनले संसदको रोष्ट्रममा उभिएर “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दुख व्यक्त गर्दै देशको सिमा जस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट अभिव्यक्त धारणा अबिलम्ब सच्चाइनु पर्दछ भन्ने राप्रपाको धारणा रहेको उल्लेख गरे।

पार्टीका पूर्वअध्यक्षहरुले पार्टी बिभाजनको तयारी गरेको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष लिङदेनले यसबारेमा बैठकलाई कुनै जानकारी नभएको भन्दै पार्टी बिभाजन गर्ने प्रयास गरे उनीहरुको जीवनको नै अन्तिम गल्ति हुने टिप्पणी गरे।

राप्रपा केन्द्रीय समिति बैठकले बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत जस्ता नागरिकका आधारभुत विषयमा समेत लगाइएको अनुचित कर फिर्ता लिन सरकारसंग राप्रपा माग गरेको छ, त्यस्तै तत्काल मूल्यवृद्धि नियन्त्रण एवं बजारको प्रभावकारी अनुगमन गर्न राप्रपा सरकारसंग माग समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।