नेभिगेशन
समाज

१२ वर्षपछि जर्मनी नकआउट चरणमा , नायक बने डेनिज

काठमाडौं । चार पटकको च्याम्पियन जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार राति टोरन्टो रंगशालामा वैकल्पिक खेलाडी डेनिज उन्डभले दुई गोल गरेपछि जर्मनीले अफ्रिकन टोली आइभरी कोष्टलाई २–१ ले हरायो ।

पहिलो खेलमा जर्मनीले कुराकाओलाई ७–१ ले हराएको थियो । समूह ‘ई’ मा लगातार जित निकाल्न सफल भएको जर्मनीसँग ६ अंक रहेको छ । पराजित आइभरी कोष्टको तीन अंकमात्रै रह्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०१४ को च्याम्पियन जर्मनी पछिल्ला दुई संस्करण समूह चरणबाटै बाहिरिएको थियो । यसपटक भने टिमले अन्तिम खेलअघि नै नकआउट चरण पक्का गर्‍यो । अब, जर्मनीले अन्तिम खेलमा इक्वेडरसँग जुन २६ मा खेल्ने तालिका छ ।

Ncell
Extreme Energy

खेलमा अग्रता भने पहिलो हाफमा आइभरी कोस्टले नै बनायो । कप्तान फ्रान्क केसीको ३०औं मिनेटमा अग्रता दिलाएका हुन् । खेलमा नायक बनेका डेनिज ६०औं मिनेटमा अट्याकिङ मिडफिल्डर यमाल मुसियालाको स्थानमा मैदान प्रवेश गरेका थिउ ।

आठ मिनेटमै उनले टिमलाई बराबरीमा ल्याएका हुन् । नादिम अमिरीको सुन्दर क्रसलाई डेनिजले सदुपयोग गरेका थिए ।  २९ वर्षीय स्टुटगार्डका स्ट्राइकरले खेलको इन्जुरी समयमा जर्मनीको लागि विजयी गोल गरेका थिए । यसपटक डिफेन्सिभ मिडफिल्डर फेलिक्स एनमेकाले उनलाई बल उपलब्ध गराएका थिए । 

जर्मनीले पहिलो पटक १९५४ मा विश्वकप जितेको थियो । दोस्रो पटक १९७४ तथा तेस्रो पटक सन् १९९० मा जितेको हो । पछिल्लो पटक भने टिमले ब्राजिलमा भएको सन् २०१४ को विश्वकप जितेको हो । त्यसपछि भने टिम समूह चरण  पार गर्न सकेको थिएन । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।