नेभिगेशन
समाज

रास्वपाको राजधानीमा के भइरहेको छ ?

काठमाडौँ । नेपालको पूर्व–पश्चिम लम्बाइलाई आधार मान्ने हो भने चितवन करिव करिव बीच भागमा छ । चितवन यस्तो जिल्ला हो, जहाँ सतहत्तरै जिल्लाका मानिसहरुको बसोबास छ भन्ने मानिन्छ । र, यही चितवन अहिले मुुलुकको राजनीतिको केन्द्रमा छ । 
मुलुकको राजनीतिको केन्द्रमा रहेको चितवनमा अहिले के भइरहेको छ भन्ने चासो सर्वत्र छ । यो चासो सिर्जना हुनुको कारण हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन ।

रास्वपाले भन्ने गरेको छ– चितवन ‘रास्वपाको राजधानी’ हो । यही प्रसंगमा रास्वपा प्रवक्ता मनिष झाले भनेका छन्– ‘वीरगञ्जलाई आर्थिक राजधानी भनिन्छ, पोखरालाई पर्यटनको राजधानी भनिन्छ, जनकपुरधामलाई अध्यात्मको राजधानी भनिन्छ, काठमाडौँलाई संघीय राजधानी भनिन्छ । यसैगरी रास्वपाले चितवनलाई रास्वपाको राजधानी मानेको छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको उद्गम भूमि हो– चितवन । रास्वपाप्रति चितवनवासीको अपार समर्थन छ । अघिल्लो चुनावमै २ सिट जिताएको चितवनले यसपालि ३ सिट नै रास्वपालाई जितायो । त्यो पनि भारी मतका साथ ।

Ncell
Extreme Energy

यतिमात्रै होइन, रास्वपा सभापति रवि लामिछानेलाई चितवनले असाध्यै माया गरेको छ । रवि राजनीतिमा नहुँदा पनि चितवनले उनलाई साथ दियो, रविले पार्टी खोलेपछि त चितवन रविका लागि चट्टान बनेर उभियो, नारायणी बनेर उर्लियो, रविको दुःखमा साथ दियो, खुसीमा रमायो ।

अहिले त्यही चितवनमा रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन हुँदैछ । देशभरका ‘घण्टीबाहक’हरु अहिले चितवनमा भेला भएका छन् । सम्भवतः चितवनले रवि र रास्वपाप्रति जुन माया देखाइरहेको छ, त्यसैकारण रवि र रास्वपाले आफ्नो पहिलो महाधिवेशनका लागि चितवन छानेको हुनुपर्छ ।

२०७९ असार ७ गते, काठमाडौँको सभागृहमा रविको नेतृत्वमा रास्वपा घोषणा गरिएको थियो । अहिलेसम्मको केन्द्रीय समिति, त्यतिबेलादेखिकै निरन्तरता हो । केही थपिए, फराकिलो हुँदै गयो, फरक यत्ति मात्रै हो । त्यही केन्द्रीय समितिको अन्तिम बैठक भरतपुरमा बस्यो– जहाँ रविले बितेका चार वर्षलाई भावुक बनेर सम्झिए ।

आज अपरान्ह गेस्टहाउस चौरमा उनै रविले पहिलो महाधिवेशनको उद्घाटन गर्नेछन् र त्यतिबेला उनलाई पार्टीको वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले साथ दिनेछन् । जसरी विभिन्न नदीहरु मिलेर ‘नारायणी’ बन्यो, त्यसैगरी विभिन्न दल र समूह मिलेर अहिलेको रास्वपा बनेको हो । 

००००

आजदेखि तीन दिन चितवन रास्वपा राजधानी मात्रै बन्ने छैन, ‘संघीय राजधानी’ पनि बन्ने छ । रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन दिउँसो भरतपुर पुग्दैछन् । अधिकांश मन्त्रीहरु चितवन पुगिसके ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै रास्वपा महाधिवेशन प्रतिनिधि छन् । रास्वपा विधानअनुसार सांसदहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् । बालेनले तीन दिन चितवनबाटै मुलुक हाँक्ने छन् ।

अहिले मन्त्रिपरिषदमा रहेका अधिकांश सदस्य रास्वपाको आगामी केन्द्रीय समितिमा रहने अनुमान छ । केही मन्त्रीले आफ्नो उम्मेदवारी घोषणा गरिसके, केही घोषणा गर्ने तरखरमा छन् । केहीले घोषणा नगरे पनि भोलि दिउँसो उम्मेदवारी दिने छन् । 
००००
चितवनमा रास्वपाका नेता मात्रै छैनन्, हजारौं कार्यकर्ता पनि पुगेका छन् । रास्वपाका देशैभरका नेता कार्यकर्ता छन् अहिले चितवनमा ।

उद्घाटन समारोहमा अरु हजारौं समर्थकको सहभागिता रहने छ । अरु पार्टीका नेता कार्यकर्ताले पनि चासोका साथ हेरिरहेका छन्– देशकै ठूलो पार्टी रास्वपाको पहिलो महाधिवेशनले दिने सन्देशको प्रतीक्षा गरिरहेका छन् ।

त्यसैले चितवन अहिले चासोको केन्द्रमा छ । कांग्रेस सभापति गगनकुमार थापाले रास्वपा सभापति रवि लामिछानेलाई पत्र नै लेखेर शुभकामना दिएका छन्, महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

महाधिवेशन उद्घाटन समारोहमै पुगेर कांग्रेससहित अरु पार्टीका नेताहरुले पनि रास्वपालाई शुभकामना दिनेछन् ।

रास्वपाको हिजो बसेको केन्द्रीय समितिको बैठकले एउटा सन्देश दिइसकेको छ– रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने गरी विधान संशोधन गरेको छ । अब विधानअनुसार नयाँ नेतृत्व चयन हुने छ र त्यो चयन प्रक्रियाले आन्तरिक लोकतन्त्रलाई अभ्यासमा उतार्ने छ ।

यही महाधिवेशनले पार्टी र पार्टीका नेताहरुलाई औपचारिक रुपमा वैधानिकता प्रदान गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।