नेभिगेशन
समाज

रास्वपा केन्द्रीय सदस्यमा दीपक बोहराको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् सांसद दीपक बोहराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

रास्वपा संस्थापक सदस्यसमेत रहेका बोहराले आज सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोहराले फेसबुकमा लेखेका छन्– ‘यदि तपाईंलाई लाग्छ कि संघर्षका कठिन दिनहरूमा तपाईंहरूसँगै उभिएको एउटा साथी केन्द्रीय समितिमा पुग्नुपर्छ, यदि तपाईंलाई लाग्छ कि पार्टीलाई अझ जनमुखी, अझ उत्तरदायी बनाउन मेरो भूमिका उपयोगी हुन सक्छ, भने मलाई आफ्नो अमूल्य मत दिनुहोस्। तपाईंको एक मत केवल दीपक बोहराका लागि होइन, संघर्षलाई सम्मान गर्ने, कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पका लागि हुनेछ।’

Ncell
Extreme Energy

यस्तो छ दीपक बोहराको अपिल

म दीपक बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य।
आज म हामीले सँगै हिँडेको यात्राको सम्झना गर्न चाहन्छु । 
हामीले बोकेको वैकल्पिक राजनीतिको झन्डालाई कतिले जिस्काए, कतिले होच्याए । कतिले यसलाई केही महिनाको रहर भने । तर हामी डगमगाएनौँ।
संसद र सरकारमात्र होइन, न्यायपालिकाले समेत अन्याय गर्यो, सभापति रवि लामिछानेलाई । राजनीतिक प्रतिशोध साँधेर वर्षौँ जेलमा कोच्ने प्रयास भयो । विधिका सबै ढोकामा षड्यन्त्रको ताला लागेका बेला पनि हामीले मैदान छाड्नौं । हामी जनताको अदालतमा गयौं । मैले ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गर्ने अवसर पाएँ। त्यो अभियानकुनै व्यक्तिलाई होइन, न्यायलाई नै न्याय दिने अभियान थियो । 
मलाई अझै सम्झना छ, सभापति अप्ठ्यारोमा रहेका बेला मैले भनेको थिएँ— जहाँ जहाँ घण्टीका उम्मेदवार छन्, त्यहाँ त्यहाँ जिताउने जिम्मा हाम्रो हो।
साथीहरू,
हामीले चुनाव जित्यौँ। जनताको मन जित्यौँ। तर अबको चुनौती अझ ठूलो छ। जनताले हामीमाथि राखेको विश्वास जोगाउनुपर्नेछ। नेतृत्वलाई सही बाटोमा हिँड्न प्रेरित गर्नुपर्नेछ। गलत हुँदा सच्याउनुपर्नेछ। सही हुँदा साथ दिनुपर्नेछ।
महाधिवेशन प्रतिनिधिज्यूहरू,
यदि तपाईंलाई लाग्छ कि संघर्षका कठिन दिनहरूमा तपाईंहरूसँगै उभिएको एउटा साथी केन्द्रीय समितिमा पुग्नुपर्छ, यदि तपाईंलाई लाग्छ कि पार्टीलाई अझ जनमुखी, अझ उत्तरदायी बनाउन मेरो भूमिका उपयोगी हुन सक्छ, भने मलाई आफ्नो अमूल्य मत दिनुहोस्।
तपाईंको एक मत केवल दीपक बोहराका लागि होइन, संघर्षलाई सम्मान गर्ने, कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पका लागि हुनेछ।
धन्यवाद।
जय घण्टी। जय राष्ट्रिय स्वतन्त्र पार्टी।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।