नेभिगेशन
समाज

रास्वपा महाधिवेशन उद्‍घाटनको तयारी पूरा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन उदघाटनको तयारी पुरा भएको छ ।

चितवनको भरतपुरमा तीन दिनसम्म चल्ने महाधिवेशनको आज अपरान्ह २ बजे गेस्टहाउस चौरमा आयोजित विशेष समारोहबीच उद्घाटन हुने छ । सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी प्रवक्ता मनिष झाले उद्घाटनको तयारी पुरा भएको बताएका छन् ।

Ncell
Extreme Energy

उद्घाटन समारोहमा रास्वपाका नेताहरुसँग विभिन्न दलका नेताहरुले पनि सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन लगायतले पनि महाधिवेशनमा शुभकामना दिने छनु ।

महाधिवेशनका लागि प्रतिनिधिहरु चितवन पुगिसकेका छन् । महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी छन् भने उत्तिकै संख्यामा पर्यवेक्षक चितवन पुगेका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।