नेभिगेशन
समाज

अर्थमन्त्री वाग्लेद्वारा नेपाल बैंकको भवन उद्‍घाटन

मकवानपुर । नेपाल बैंक लिमिटेड, बागमती प्रदेश तथा हेटौंडा सिटी अफिसको नवनिर्मित भवनको अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्घाटन गरेका छन् । हेटौंडामा २०२५ सालदेखि सेवा सञ्चालन गरिरहेको बैंकको भवन जीर्ण हुँदै गएपछि करिब ४ करोड ७२ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवनबाट अत्याधुनिक डिजिटल प्रविधियुक्त सुविधासहित सेवाग्राहीलाई सेवा दिने बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको कामले बजार अस्तव्यस्त भएकोमा यसलाई निराकरणका लागि आग्रह गरेका थिए ।

Ncell
Extreme Energy

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नेपाल बैंकले तल्लो वर्गका  किसान, व्यवसायीहरुको घरआँगनमा पुग्ने गरी नीति ल्याउन अर्थमन्त्री समक्ष ध्यानाकर्षण गराएकी थिइन् । उनले पूर्वपश्चिम राजमार्गको सिमानाको अन्योलका कारण स्थानीय जनताको प्रश्नमा जवाफविहिन बन्नु परेको गुनासो पनि उनले गरेकी थिइन् ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले सडक विस्तारको विषय अदालतमा विचारधीन अवस्थामा रहेकाले केही दिन धैर्य गर्न आग्रह गरे । उनले हेटौंडाको सडक विस्तारको अन्यौलतालाई वर्तमान सरकारले निकास दिन प्रतिवद्ध रहेको बताएका छन् । उनले इतिहास बोकेको नेपाल बैंक आधुनिकीकरणतर्फ अघि बढेको पनि बताए ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेसहित कर्मचारी, सुरक्षा निकाय, बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । विक्रम सम्वत १९९४ सालमा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।