नेभिगेशन
समाज

रास्वपा महाधिवेशन: रवि र बालेनले घण्टी बजाएर गरे उद्‍घाटन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन उद्घाटन गरेका छन् ।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित समारोहमा सभापति रवि र प्रधानमन्त्री बालेनले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन् । मन्चमा रहेका अन्य दलका नेताले पनि घण्टी बजाएर साथ दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटन समारोह महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गरिरहेका छन् ।

Ncell
Extreme Energy

उद्घाटन समारोहमा रास्वपाका नेताहरुसँग विभिन्न दलका नेताहरुले पनि सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन लगायतले पनि महाधिवेशनमा शुभकामना दिने छन् ।

४ हजार २११ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।