नेभिगेशन
समाज

रास्वपाले जिम्मेवारी पुरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुन्छः अध्यक्ष लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताएका छन्।

आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवशेन उद्घाटन सत्रमा शुभकामना दिदै अध्यक्ष लिङ्देनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारी पुरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभइ देश र जनतालाई नै धोका हुने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिलेको समस्या यसअघिका नेताहरुका कारण मात्रै नभइ उनीहरुले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरि मुलुक अघि बढ्न नसक्ने उललेख गरे। त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनले बताए।

Ncell
Extreme Energy

त्यस्तै अध्यक्ष लिङ्देनले  हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटो समाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराएका थिए।

प्रतिपक्षीका हिसावले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैव खवरदारी गर्ने उनको भनाइ छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।