नेभिगेशन
समाज

क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई समर्थन हुने छः नेता पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्।

आइतबार चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा नेकपा रास्वपासंग नजिक रहेको र सुशासनको एजेण्डामा समानता रहेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कठिन परिस्थितिमा पनि रास्वपासंगै लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेको भन्दै उनले अहिले पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा नेकपाको  पूर्ण समर्थन रहेको धाराण व्यक्त गरे ।

Ncell
Extreme Energy

उनले थिति बसाउन चालिएका कदमहरू विधि सम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने रास्वपा र रास्वपा नेतृत्वको सरकारको प्रयाप्त ध्यान पुग्ने विश्वास व्यक्त गरे।

नेता पुनले दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुने भन्दै राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्यता राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।