नेभिगेशन
समाज

नेकपा र रास्वपाबीच समान पक्षहरु धेरै छन्:वर्षमान

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन्।

आइतबार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई भरतपुरमा सम्बोधन गर्दै पुनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपामाथि देशको विशेष चासो र अपेक्षा रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनबाट तय हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले यसको महत्व विशेष रहेको उनको भनाइ थियो।

Ncell
Extreme Energy

‘विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिंगो देशले हेरिरहेको छ। यसकारण पनि तपाईंहरुको महाधिवेशनमाथि धेरैको आँखा छ कि महाधिवेशनबाट तपाईंहरुले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ। तपाईंहरु यस महाधिवेशनमार्फत पहिलोपटक देशव्यापी रुपमा पूर्ण संगठनको आकारमा जाँदै हुनुहुन्छ,' पुनले भने, ‘तपाईं र हामीबीचमा केही भिन्नताहरु छन्। ती भिन्नता केही आशंकाको तहमा, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन्। हामीलाई तपाईंहरुको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् भन्ने चाहन्छौं। मलाई विश्वास छ, यो ऐतहासिक महाधिवेशनले तपाईंहरुमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरुलाई मेटाउन सफल हुनेछ। यो पहिलमहाधिवेशनले तपाईंहरुलाई वैचारिक तथा संगठनात्मक दिशा निर्देश एवं स्पष्टता प्रदान गर्ने गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु।’

पुनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराउँदै उनको शुभकामना सन्देश सुनाएका थिए।

प्रचण्डले रास्वपाका नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आफ्नो गृहनगरी चितवनमा स्वागत रहेको सन्देश पठाएको उनले बताए।

सम्बोधनका क्रममा पुनले नेकपा र रास्वपाबीच केही विषयमा राजनीतिक समानता र केहीमा भिन्नता रहेको उल्लेख गरे। दुवै शक्तिले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिँदै नयाँ राजनीतिक यात्रा तय गरेको भन्दै उनले परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेण्डामा दुई दलबीच निकटता रहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको पक्षमा विगतमा पनि सहकार्य भएको स्मरण गर्दै भविष्यमा समेत यस्ता मुद्दामा सहकार्य जारी रहने धारणा राखे। तर, सुशासनका नाममा चालिने कुनै पनि कदम संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर जान नहुनेमा उनले जोड दिए।

‘तपाईंहरु र हाम्रा कयौं विषयमा समानताहरु छन्। हामी दुवै शक्तिले निरन्तरतालाई क्रम भंग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं। पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रुपान्तरणका एजेण्डामा हामी तपाईंहरुलाई नजिक पाउँदछौं। हामीहरुबीच अर्को समानता पनि छ, त्यो हो सुशासनको एजेण्डा। हामीले विगतमा सरकारमा र सरकारबाहिर हुँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौं। सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जत्तिको निकट सहकार्य सायद अरुका बीचमा भएको छैन।  कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौं। आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो समर्थन छ’, उनले भने,  ‘भ्रष्टाचार र बेथिति अन्त्य तथा  सुशासनको एजेण्डामा हामी सँगै थियौं, छौं र रहनेछौं। त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाउन चालिएका कदमहरु विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेमा तपाईंहरुको पर्याप्त ध्यान पुग्ने नै छ भन्ने हाम्रो विश्वास छ।’

Ncell
लोकतन्त्रमा राजनीतिक दलहरू प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै उनले बहुमत र अल्पमत दुवैले लोकतान्त्रिक संस्कार आत्मसात् गर्नुपर्ने बताए। संख्या र सत्ता अस्थायी हुने भन्दै उनले सांकेतिक रुपमा संख्याको बलमा अहंकार प्रदर्शन नगर्न रास्वपालाई सुझाव दिए। ‘दलहरु लोकतन्त्रान्त्रिक प्रणालीका खम्बा हुन्। दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रमा शक्ति जनताले दिन्छन् र आवश्यक परे फिर्ता पनि लिन्छन्। हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज तपाईंहरूसँग छ। त्यसैले राजनीतिमा बहुमतले बिनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता’, उनले भने, ‘लोकतन्त्रमा संख्या र सरकारहरू अस्थायी हुन्छन्, तर लोकतान्त्रिक प्रणाली, विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्छ भन्ने स्थापित लोकतान्त्रिक मान्यता हो ।’

युवापुस्ताको बढ्दो राजनीतिक सहभागिताले नेपाली समाजमा आशा जगाएको उल्लेख गर्दै पुनले रास्वपामा देखिएको युवा ऊर्जा र उत्साहलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

पुनले रास्वपामा युवाहरुको बाहुल्य रहेको चर्चा गर्दै आफू पनि २७ वर्षको उमेरमा शक्तिशाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा आएको स्मरण गरे। ‘नेपालको राजनीतिक इतिहासमा तपाइहरुले छोटो समयमा ठूलो लोकप्रियता हासिल गर्न सफल हुनुभएको छ। नयाँ पुस्ताको सहभागिता र नयाँ राजनीतिक शक्तिको उदयले नेपाली जनतामा एक तहको आशा जगाएको छ। तपाईंहरुमध्ये धेरै युवा हुनुहुन्छ,  जोश, जाँगर र उत्साह छ। तपाईंहरुलाई देखेर मलाई  आफ्नो विगतको सम्झना भयो’, पुनले भने, ‘तपाईंहरुलाई यो कुरा जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ, कि म शक्तिशाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा आउँदा २७ वर्षको थिएँ।

युवाअवस्थामा परिवर्तनको उत्साह, साहस र सपना हुने र त्यो ऊर्जा देश निर्माणमा लगाउन सकियो भने समाज अघि बढ्ने विश्वास उनको थियो।

नेपाली राजनीतिक परिवर्तनको इतिहास स्मरण गर्दै पुनले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायत विभिन्न आन्दोलनमा योगदान पुर्‍याएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएको उनको भनाइ थियो।

पुनले महाधिवेशनले रास्वपलाई स्पष्ट वैचारिक दिशा, सक्षम नेतृत्व र सुदृढ संगठनात्मक आधार प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छः प्रधानमन्त्री शाह

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छः प्रधानमन्त्री शाह

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भने, “हाम्रो...
‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’: रवि लामिछाने

‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’: रवि लामिछाने

उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे ।...
बालेनले चितवनबाट दिए सबै प्रश्नको जवाफ (सम्बोधनको पूर्ण पाठ)

बालेनले चितवनबाट दिए सबै प्रश्नको जवाफ (सम्बोधनको पूर्ण पाठ)

मलाई अचम्म लाग्यो। ल, ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग पनि प्रमाण छ। हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ। र त्यो प्रमाण ल्याउनका लागि ब्रिटिस शासनकालका...
हामीले गोल गर्ने जिम्मा बालेनलाई दिएका छौँ, खुट्टामा बल आएपनि पास गर्ने जिम्मा मेरोः रवि लामिछाने

हामीले गोल गर्ने जिम्मा बालेनलाई दिएका छौँ, खुट्टामा बल आएपनि पास गर्ने जिम्मा मेरोः रवि लामिछाने

‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कही...